चितवन । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न माडीका किसानहरू लामबद्ध रूपमा लाइनमा बसेका छन् । बसन्तपुर बजारस्थित मल विक्रेताहरुले मल बिक्री गरेको थाहा पाए लगत्तै सयौंको संख्यामा रहेका कृषकको भीडले घण्टौसम्म उभिएरै लाइन बस्दा प्रतिव्यक्ति १० किलोका दरले मल पाएको भएपनि सबै किसानले पाउन सकेका छैनन् ।
चितवन जिल्लामा प्राप्त मल मध्ये २० प्रतिशत अर्थात ५ सय बोरा मल आएको माडी आएको थियो । अबको केही समयपछि माडीमा फेरि पनि मल आउने माडी नगरपालिका कृषि शाखाले जनाएको छ ।
उच्च पदमा रहेकाहरुले कृषि क्षेत्र घोषणा गर्ने तर कृषिमा आवश्यक पर्ने मलको विषयमा कुनै पहल गर्न नसक्दा किसानहरूले सास्ती भोग्नुपरेको मलको लागि लाइनमा बसेका कृषकहरुले गुनासो गरेका थिए ।