चितवन । खैरहनीका क्याम्पसमा ताला लगाउन विद्यार्थी संगठनको होडबाजी नै चलेको देखियो । खैरहनी नगरपालिकाका तीन वटा क्यापसमा विद्यार्थी संगठनको ताला लगाउन होडबाजी चलेको हो । राजनीतिक भागवण्डा नमिल्दा विद्यार्थी संगठनबीच ताला लगाउने होडबाजी चलेको हो ।
खैरहनीको रामपु्र कृषि क्याम्पस, भूवानीशंखर बहुमुखी कलेज र कपिया माविमा तालाबन्दी भएको हो । अन्य कलेजमा पनि तालाबन्दी लगाउने तयारी विद्यार्थी संगठनले गरेका छन् ।
खैरहनीको रामपु्र कृषि क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ताला लगाएको हो । भूवानीशंखर र कपिया माविमा अखिल क्रान्तिकारीले ताला ठोकेको छ । खैरहनीको रामपुर कृषि क्याम्पसमा प्राचार्य नियुक्तिको विषयलाई लिएर विवाद भएपछि आन्दोलनस्वरुप नेविसंघले ताला लगाएको खैरहनी नेविसंघका अध्यक्ष अमृत आर्चायले बताए । उनले भने, ‘४ वर्षभन्दा धेरै प्राचार्य मिलन सुवेदीले कार्यकाल चलाउनुभयो, खासै केही उपलब्धि भएन । अहिले फेरि उहाँ आफँै पुननियुक्ति लिएर आउनुभयो । हामीले त्यसमा आपत्ति जनाएका छौँ ।’ आचार्यले काठमाडौंमा पनि डिनको कार्यलयमा नेविसंघले तालाबन्दी गरेको जानकारी दिए ।
यस विषयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वयु खैरहनीले अनभिज्ञता प्रकट गरेको छ ।
नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीका खैरहनी नगरइन्चार्ज ओम थपलियाले राजनीतिक भागबन्डा खोज्दै खैरहनीका मेयर शशी खनियाँको उक्साहटमा लागेर नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको आरोप लगाए । उनले भने, ‘केन्द्रले नियुक्ति दिएका प्रार्चायलाई मेयरको स्वार्थकै निम्ती हटाउन मिल्दैनँ । उहाँले आफूनिकट नेविसंघलाई गलत प्रयोग गर्नुभयो, मेयर खनियाँकै कारणले ताला लागेको हो ।’
राजनीति भागबन्डाकै निम्ती मेयरले आफनो शक्ति गलत ठाँउमा प्रयोग गरेको थपलियाको आरोप छ । ‘मेयरजस्तो मान्छेले आफनो स्वार्थ पूरा गर्न नेविसंघलाई प्रयोग गर्नु कतिको उचित हुन्छ ?’ थपलियाले प्रश्न गरे ।
मेयरले रामपुर क्यापसको बजेटसमेत कटौती गर्ने धम्की दिएको थपलियाको दावी छ । उनले आफूसँग मेयर खनियाँले बोलेको रेकर्ड सुरक्षित रहेको बताउँदै चाहेको खण्डमा प्रस्तुत गर्नसक्ने जिकिरसमेत गरे ।
‘रामपुर कृषि क्यापसमा लागेको ताला खोल्न दबाबस्वरुप हामीले अन्य दुई कलेज भुवानीशंकर र कपिया माविमा ताला लगाएका हौँ । नगर शिक्षा अधिकारीलाई यो विवाद हल हुनुप¥यो भनेर २४ घण्टे अल्टिमेटमपत्र पनि बुझाएका छौँ । यदी भएन भने थप आन्दोलनका कार्यक्रमहरु अगाडि ल्याउँछौँ’ उनले भने । यस विषयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वयु खैरहनीले अनभिज्ञता प्रकट गरेको छ ।