चितवन । निर्वाचन आयोगले आगामी मंसिर ४ गते निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको छ । सरकारले पनि चुनावको मिति तोक्ने तयारी गरिरहेको छ । निर्वाचन कार्यालयले पनि धमाधम मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । चुनावको मिति घोषणासँगै मतदाता नामावलीमा नाम दर्ता रोकिनेछ । चितवनबाट कुनकुन नेता उठ्छन् भन्ने विषयमा अहिले चियाचौतारीमा चर्चा परिचर्चा हुन थालेको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केही दिनअघि चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उमेदवार बन्ने संकेत गरेका थिए । केही पत्रकारमाझ उनले नेकपा एमालेको उपाध्यक्ष भएको र यसअघि पनि यही क्षेत्रत्राट निर्वाचित भएको कारणले स्वतः आगामी चुनावको लागि पनि आफ्नो दावी रहने बताएका थिए ।
चितवन क्षेत्र नम्बर १ बाट उनी यसअघि नेकपाबाट निर्वाचित भएका थिए । पछिल्लो समय उनी आफ्नो क्षेत्रमा सक्रिय भएका छन् । नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुले चितवन क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डेको विकल्प नभएको बताउँदै आएका छन् । पाण्डे पूर्वअर्थमन्त्री समेत हुन् ।
उनले चितवन क्षेत्र नम्बर १ मा दावी गरेपछि एमालेका अन्य नेताहरुले दावी नगर्ने चर्चा चितवन एमाले वृत्तमा रहेको छ । चितवन क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी, रत्ननगर नगरपालिका पर्छ । यी पालिकाको प्रमुखमा नेकपा एमाले पाँच दलीय गठबन्धनसँग पराजित भएको छ । यस क्षेत्रबाट अन्य पार्टीबाट कोको उठ्ने हो अहिले खासै चर्चा भएको छैन ।
एकीकृत समाजवादीका नेता कृष्ण खनाल पनि सोही क्षेत्रका नेता हुन् । उनी बागमती प्रदेशका हालका मन्त्री हुन् । एमालेका दावा लामा, जेएन थपलिया पनि सो क्षेत्रका नेता हुन् । यस्तै, कांग्रेसका राजेन्द्रप्रसाद चौधरी, सुशीला उप्रेती, धनबहादुर गुरुङ, गुणराज श्रेष्ठ पनि सोही क्षेत्रका नेता हुन् ।
यसअघि चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी उठेका थिए । आगामी चुनावमा उनको दावी रहन्छ या रहँदैन अहिले भन्न नसकिने कांग्रेसका नेताहरु बताउँछन् । कांग्रेसका अर्का नेता क्षेत्रीय सभापतिसमेत रहेका किरण भुषण ओली पनि सो क्षेत्रको लागि चर्चित नाम हो ।
एकीकृत समाजवादीका नेता कृष्ण खनाल पनि सोही क्षेत्रका नेता हुन् । उनी बागमती प्रदेशका हालका मन्त्री हुन् । एमालेका दावा लामा, जेएन थपलिया पनि सो क्षेत्रका नेता हुन् । यस्तै, कांग्रेसका राजेन्द्रप्रसाद चौधरी, सुशीला उप्रेती, धनबहादुर गुरुङ, गुणराज श्रेष्ठ पनि सोही क्षेत्रका नेता हुन् ।
यस्तै चितवन क्षेत्र नम्बर २ मा पनि आगामी चुनावको उमेदवारको लागि चर्चा हुन थालेको छ । यस क्षेत्रबाट यसअघि तत्कालीन नेकपाबाट कृष्णभक्त पोख्रेल निर्वाचित भएका हुन् । यस क्षेत्रबाट पोख्रेल दुई पटक निर्वाचित भइसकेका हुन् । अहिले पनि यस क्षेत्रमा उनको दावी रहने उनीनिकट एक नेताले बताए ।
ती नेताले भने, ‘क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट आगामी चुनावमा कृष्णभक्त पोख्रेलको दावी रहन्छ ।’ हुन त क्षेत्र नम्बर २ एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको पनि क्षेत्र हो । एमालेबाट क्षेत्र नम्बर २ मा बादल र पोख्रेलको नाम बढी चर्चा छ । क्षेत्र नं २ मा कांग्रेसबाट पनि घगडान नेताहरु छन् । कांग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठ यही क्षेत्रका नेता हुन् । यसअघि कांग्रेसले यस क्षेत्रमा शेषनाथ अधिकारीलाई उठाएको थियो, उनी कृष्णभक्त पोख्रेलसँग हारेका हुन् ।
उनले यसअघि चितवन आएर आफ्नो यस पटक सम्भवत चुनावी प्रतिस्पर्धा अन्तिम हुनसक्ने संकेत गरेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार चितवन क्षेत्र ३ बाट प्रचण्ड नै उमेदवार बन्नेछन् ।
चितवन क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालको पनि क्षेत्र हो । उनको पनि यस क्षेत्रमा आगामी चुनावमा दावी रहने माओवादी केन्द्रका एक नेता बताउँछन् । चितवन क्षेत्र नम्बर ३ बाट यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका हुन् । अहिलेको संघीय चुनावमा पनि यस क्षेत्रमा उनको दावी रहने पक्का छ । उनले यसअघि चितवन आएर आफ्नो यस पटक सम्भवत चुनावी प्रतिस्पर्धा अन्तिम हुनसक्ने संकेत गरेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार चितवन क्षेत्र ३ बाट प्रचण्ड नै उमेदवार बन्नेछन् ।
यता एमालेका नेता देवी ज्ञवाली पार्टीले आफूलाई चितवन क्षेत्र नम्बर ३ बाट उमेदवार बनाए प्रचण्डमात्र होइन, जोकोहीसँग पनि प्रतिस्पर्धा गर्ने बताएका छन् । चितवन क्षेत्र नम्बर ३ देवी ज्ञवालीको पनि क्षेत्र हो । यस क्षेत्र एमालेका राष्ट्रिय सभा सदस्य पार्वती रावलको पनि क्षेत्र हो । ‘एमालेका एकएक हस्ती छन्, चितवन क्षेत्र नम्बर ३ मा, जोकोही पनि उमेदवार बन्न सक्छन्’ एमालेका एक नेताले भने, ‘पार्टीले कसलाई उमेदवार बनाउँछ, त्यही नै एमालेको उमेदवार हुन्छन् ।’
यस क्षेत्रमा कांग्रेसका पनि हस्ती नेताहरु छन् । कांग्रेसका केन्द्रीय सदस्यहरु दिनेश कोइराला, टेकप्रसाद गुरुङलगायतका नेताहरुको पनि यस क्षेत्रको उमेदवारको लागि चर्चा छ । यस क्षेत्रका हालका बागमती प्रदेश सांसद मिलनबाबु श्रेष्ठको पनि आगामी चुनावको लागि दावी छ ।