चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै चितवन जिल्लामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ । काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गर्ते निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु नामहरु बाहिर आउन थालेको छ । उनीहरुको सभापतिमा आकांक्षा बढेसंँगै जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको हो । यद्यपी वडास्तरीय चुनावी तालिका भने स्थगित गरिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते गर्ने भनिएको गाउँ÷नगर वडा अधिवेशन सार्ने निर्णय गरेको हो ।
पछिल्ला पटक तोकिएकोे मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि कांँग्रेसलाई महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरुको आन्तरिक भेटघाट र चुनावी प्रचारप्रसारमा दौडधूप जारी छ ।
जिल्लामा नेतृत्वका लागि शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ । देउवाको पक्षमा भन्दा पौडेल पक्षमा सभापतिको उम्मेदवारका आकांक्षी धेरै भएकोले पौडेल पक्षको बढी वर्चस्व रहेको आंकलन गर्न सकिन्छ ।
स्थानीय तहको निर्वाचनमा देउवा पक्षको पनि उत्तिकै बलियो गुट भएपनि देउवाले माओवादी केन्द्रकी रेनु दाहाललाई जिताउन भोट हाल्न नेता कार्यकर्तालाई बाध्य बनाएपछि देउवाको पकड र विश्वास कम हुंँदै गएको स्वयं पार्टीका नेता तथा कार्यकर्ता बताउंँछन । भलै गगन– सिटौला समुहका नेता कार्यकर्ता तथा विद्यार्थी नेताहरु साथ रहेपनि सभापतिका उम्मेदवारको लागि भने खुलेका छैनन । कतिपय समुहगत तथा खेमाको रुपमा बाहिरी गतिविधि क्रियाकलाप रहेपनि उनीहरु बहुमत जतातिर आउंँछ उही खेमालाई साथ दिने देखिएको छ ।
अघिल्लो अधिवेशनमा पौडेल समुह र प्रकाशमान सिंह निकट जीतनारायण श्रेष्ठ र सिटौला खेमाका दिनेश कोईरालाबीच टक्कर परेको भएपनि पौडेल खेमाका जीतनारायण श्रेष्ठ सभापति बनेका थिए । तर यो अधिवेशन सम्म आईपुग्दा को कुन खेमामा छन र क–कसले खेमालाई परिवर्तन गरेका छन भन्ने ठम्याउन गाह्रो छ ।
जिल्लामा को को छन् सभापतिका आकांक्षी ?
मिलनबाबु श्रेष्ठ
राजेश्वर खनाल
कैलाश कोइराला
सूर्यकान्त घिमिरे
राजेन्द्र बुर्लाकोटी
उत्तम जोशी
विजय भुषाल
जगन्नाथ पौडेल
हालसम्म जिल्लामा जिल्ला सभापतिको लागि ८ जनामा आकांक्षी देखिएको छ । जसमध्ये मिलनबाबु श्रेष्ठ सभापतिको लागि आफूले आकांक्ष देखाएको र देउवा पक्षबाट उम्मेदवारको लागि पक्का भएको दाबी गर्छन । उनी प्रदेश सभासदस्य पनि हुन् । लामोसमय समयसम्म पार्टीका विभिन्न समयमा पार्टीको लागि निरन्तर योगदान दिदै आएकोले आफूले नेतृत्व गर्ने र गर्नसक्ने बताउंँछन ।
राजेश्वर खनाल ः राजेश्वर खनाल हाल कांँग्रेस महासमिति सदस्य हुन् । उनी लामो समयदेखि प्राध्यापन पेशा सँगै प्रजातन्त्रवादी प्राध्यापक संघ मैयादैवी कन्या कलेजका संस्थापक अध्यक्ष एवम् प्रध्यापक संघका सभापती भईसकेका व्यक्ति हुन् । उनी तरुणदल केन्द्रीय सदस्य, नेविसंघ केन्द्रीय सदस्य, तरुण दल जिल्ला अध्यक्ष भैसकेका व्यत्ति हुन् ।
पार्टीलाई कसरी चलायमान गतिशिल बनाउन सकिन्छ भन्ने पूर्ण क्षमता रहेको र जिल्लामा नेता कार्यकर्ताको राम्रै साथ सहयोग पाएकोले पनि आफू नेतृत्वमा आकांक्षा रहेको बताउंँछन ।
उनी पुरानो घर तनहुंँ भएका कारण पौडेल समुहका कट्टर उम्मेदवार रहेको निकट श्रोत बताउंँछ । तर उनले अहिले खास यो विषयमा उनले चासो देखाएनन ।
कैलाश कोइराला ः कैलाश कोइराला पनि वर्तमान कार्यसमिति उपसभापति हुन् । आफूलाई बौद्धिक नेता भन्न रुचाउने उनी आफ्नो पृष्ठभूमि कांँग्रेस रहेकोले आफ्नो जिल्लाको नेतृत्वमा आकांक्षा रहेको बताउंँछन । आफू विचार भन्दा दर्शनमा बढी विश्वास गर्ने भएकोले कांँग्रेसलाई गतिशिल, एकीकृत बनाउन आफ्नो मुख्य उद्धेश्य रहेको बताउंँछन । आफू कोइराला परिवारको रहेकोले पनि आफ्नो संस्थापन पक्षको पूर्ण साथ सहयोग रहेको उनी दाबी गर्छन ।
उत्तम जोशी ः उनी हाल वर्तमान जिल्ला कार्यसमिति सचिव हुन् । पार्टीलाई एक ढिक्का बनाउने, संगठन विस्तार र सबै जिल्ला देखि केन्द्र स्तरका नेता तथा कार्यकर्ता संग सम्बन्ध राम्रो भएकोलेपनि आफू स्वतः आकांक्षी रहेको उनी बताउंँछन ।
जोशी परिवारका भएका कारण उनी पनि पहिले जोशी खेमा र पौडेलकै खेमा रहेको बुझ्न सकिन्छ । तर उनले पनि यस विषयमा खुलेर बोलेनन ।
डाक्टर सूर्यकान्त घिमिरे ः जिल्लामा सभापतिको आकांक्षीमा सूर्यकान्त घिमिरेको नाम पनि पहिल्यैदेखि चर्चामा छ । उनी कृषि तथा वनविश्वद्यालय,रामपुरका संस्थापक रजिष्टार तथा पूर्व प्राध्यापक हुन् । उनी पूर्व महाधिविशेन प्रतिनिधि हुन् । उनी नेविसंघ जिल्ला सभापति पनि भैसकेका व्यक्ति हुन् ।
सभापति देउवाको पछिल्लो गतिविधिबाट असन्तुष्टि भएका उनी राजनीतिक ध्रुवीकरण गर्न नहुने भनेपनि उनी पौडेल समुहका खेमा भित्र पर्दछन । विद्यार्थीकालदेखिनै नेविसंघ राजनीतिमा सक्रिय हुंँदै आएका उनी आफू सभापतिको आकांक्षीको रुपमा रहेको बताउंँछन ।
राजेन्द्र बुर्लाकोटी ः राजेन्द्र बुर्लाकोटी पूराना र पाका नेतामा गनिन्छन । २०३६ सालको जनमत संग्रह देखि ०६२÷ ०६३ सालको जनआन्दोेलनसम्म उनी उत्तिकै क्रियाशील हुंँदै आएको बताउंँछन । आफूसंँग लामो राजनीतिक अनुभव र परिपक्वता भएकाले पनि आफू जिल्ला सभापतिमा आकांक्षी रहेको उनको भनाई छ । प्रतिनिधि सभाको चुनावमा समेत उम्मेदवार भएका बुर्लाकोटी, निस्वार्थ र निडर व्यक्ति मानिन्छन । उनको पौडेल खेमातर्फ झुकाव रहेको छ ।
विजय भुषाल ः हाल उनी कांँग्रेसका महासमिति सदस्य हुन् । ०६२, ०६३ जनआन्दोलनको नेतृत्व गरेका उनी चितवनलाई सही नेतृत्व दिन र देशकै नमुना कांँग्रेस बनाउने आफ्नो मुख्य उद्धेश्य रहेको बताउंँछन ।
मुख्य गरी पार्टीमा भएको विभाजनलाई एकीकृत गरी देशकै ठूलो , गौरव गर्न लायकको पार्टी बनाउन आफू तल्लीन हुने भुषाल बताउंँछन । उनी पनि पौडेल समुह तिर विश्वास राख्छन ।
जगन्नाथ पौडेल ः जगन्नाथ पौडेल पनि उत्तिकै सक्रिय , उर्जाशील नेताभित्र गनिन्छन । उनी पूर्व सांसद , कानुन बिषयका प्राध्यापक पनि हुन । उनी महाधिवेशन प्रतिनिधि हुन् । उनले आगामी महाधिवेशनबाट सवल , सुदृढ काँग्रेस बनाउन अभियानमा आफ्नो सभापतिमा आकांक्षी रहेको बताउंँछन । उनी आफू पनि पौडेल रहेको र पहिल्यैदेखिनै पौडेल समुहको समर्थक रहेको उनको भनाई छ ।
जिल्लामा यी ८वटै आकांक्षी उत्तिकै क्रियाशील , जुझारु, उर्जाशील, अनुभवी र बौद्धिक नेताहरुको आकांक्षी हुनु सकारात्मक बिषय रहेको बताउंँछन कांँग्रेसका चितवन सभापति जीतनारायण श्रेष्ठ । पार्टीले यस्ता नेताहरु आकांक्षी हुनु गौरवको बिषय ठान्दछन । आफू जिल्ला सभापतिको भूमिका निर्वाह गरिसकेको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी रहने श्रेष्ठले बताए ।