चितवन । नेकपा (एमाले) का नेता एवं बागमती प्रदेश सचिव विजय सुवेदीले आफुले भरतपुरको विकासमा जोडिन चाहेको बताएका छन् ।
एमाले नेता सुवेदीले सिनर्जी एफएमबाट प्रशासण हुने कार्यक्रम संवादमा पत्रकार विवेक पोख्रलसँग कुरा गर्दै आफुले भरतपुरको विकासमा जोडिन चाहेको बताउँदै, महानगरको नेतृत्व गर्ने अवसर गुमाएको बताएका हुन् ।
सुवेदीले भरतपुर महानगर बनाउन चित्रवन, कविलास र नारायणी नगरपालिकालाई जोडने निर्णयक भूमिका आफनै रहेको दावी गरे । उनले भने, ‘भरतपुरको विकास भरतपुरकै नेतृत्व लिएर मात्रै सम्भव छ । म भरतपुरको जनताको विकासमा, महानगरको विकासमा जोडिन चाहाँन्थे, भरतपुरलाई महानगर बनाउन कविलाश, चित्रवन र नारायणीलाई जोडने काममा मेरो भूमिका निर्णयक थियो । त्यो नगरेको भए भरतपुर महानगर बन्दैनथ्यो ।’
उनले एउटा चुनावले जनताको विश्वास पाए नपाएको मूल्याङन नहुने बताए । सुवेदीले भने, ‘कसले के बोल्यो के कुराले प्रभावित गर्न खोजियो त्यो, जनताले बुझेका छन् । त्यसकारण, जनताको विश्वास हामीलाई छ ।’
कुनै पनि मानिस बन्धक नभएको र स्वतन्त्र रहेको बताउँदै आफुले कोही पनि केही कुराको लोभ प्रलोभनमा नपरुन भन्ने चाहेको सुवेदीले बताए । आफुलाई कसले भोट दियो, दिएन त्यो विश्लेषण गर्न आफु नचाहेको बताउँदै उनले आफुलाई स्थानीय निर्वाचनमा मतदान गर्ने नगर्ने सबैलाई धन्यवाद दिए ।
निर्वाचन पश्चात आफु पार्टीको प्रदेश सचिव समेत रहेकोले अहिले पार्टी भित्रनै आन्तरिक तयारीमा व्यस्त रहेको सुवेदीको भनाइ थियो ।
गत स्थानिय निर्वाचनमा भरतपुरको लागि मेयरका प्रत्याशी बनेका सुवेदी उपविजेता बनेका थिए । उनले निर्वाचनमा भाग लिनकै निम्ती प्रदेश सांसदबाट राजिनामा समेत दिएका थिए ।