चितवन । करिब पाँच महिनापछि बल्ल स्वास्थ्य कार्यालय चितवनले प्रमुख पाएको छ । वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईं स्वास्थ्य कार्यालय चितवनको प्रमुख भएर आएका हुन् ।
उनले स्वास्थ्य कार्यालय चितवनको प्रमुखको जिम्मेवारी लिइसकेका छन् । यसअघि चितवनको स्वास्थ्य कार्यालय प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपकबाबु तिवारी रहेका थिए । उनी सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि लामो समय चितवनको स्वास्थ्य कार्यालय प्रमुख पद रिक्त थियो ।