चितवन। छिमेक लघुवित्त वित्तीय संस्थाले कालिका नगरपालिकाको पदमपुरमा तीनदिने डल, कुशन बनाउने तालिम आयोजना गरेको छ । महिलाहरुलाई स्वरोजगार बनाउन संस्थाले तालिम आयोजना गरेका हो।
सीप सिकाएर संस्थामा आवद्ध महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको पदमपुर शाखाका प्रबन्ध निर्देशक ऋषिराम तिमिल्सीनाले जानकारी दिए । संस्थामा आवद्ध महिलाहरुको आर्थिक स्थितीमा सुधार ल्याउन दिइएको तालिममा ५२ जनालाई दिइएको उनले बताए ।
तिमिल्सीनाले, सानो लगानीमा क्षमता अभिवृद्धीगर्ने उद्देश्यको तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘महिलालाई स्वरोजगार बनाउन यस अघि विभिन्न कार्यक्रम गरेको संस्थाले आगामी दिनमा अचार बनाउने तालिम र कृषि सम्बन्धि तालिम दिने योजना बनाइरहेको छ ।’
संस्थामा अहिले १८ सय ३६ जना महिलाहरु आवद्ध रहेका छन् ।