चितवन । चितवनमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।तीनै जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनको एक जना, नवलपुरको एक जना र कास्कीको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालमा १९५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ६६ जना, भेन्टिलेटरमा ९ जना, एचडीयूमा ४१ जना र ८८ जनाको जेनरल बेडमा उपचार भइरहेको छ । आईसीयूमा रहेका बिरामी मध्ये सबैभन्दा धेरै चितवन मेडिकल कलेजमा २७ जनाको उपचार भइरहेको छ ।