चितवन। चितवनमा एक बर्षमा १५ हजार बढीले राहदानी लिएका छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा चितवनको जिल्ला प्रशासन कार्यालयबाट १५ हजार ६१६ जनाले राहदानी लिएका हुन्।
यस अघिका आर्थिक वर्ष २०७७÷७८ मा राहदानी लिनेको संख्या ९ हजार ५२८ थियो । त्यस्तै, २०७६÷७७ मा ९ हजार ९०६ जनाले राहदानी लिएका छन् ।
यो, सँगै चितवनमा राहदानी लिनेको संख्या वृद्धि भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । विगतमा कोरोना कहरले गर्दा र जिल्लाबाटै राहदानी बन्छ भन्ने कुरा सबैमा जानकारी नहुदाँ राहदानी लिनेको संख्या कम रहेको जिल्ला प्रशासनले बताएको छ ।