चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले निर्माण सामाग्री तथा दैनिक ज्यालादारी मजदुरको ज्याला दररेट तोकेको छ। प्रशासनले चालु आर्थिक वर्ष २०७९/८० का लागि नयाँ निर्माण सामाग्री तथा कामदारको दररेट तोकेको हो।
प्रशासनले गत वर्षको तुलनामा यस वर्ष निर्माण सामाग्री र श्रमिकको ज्यालामा १० प्रतिशतले वृद्धि गरेको छ। ज्यालादारी गरेर दैनिक जीविकोपार्जन धान्न समेत नसकिएको अवस्थामा श्रमिकको मूल्य बढाउनुपर्ने भन्दै यस वर्ष १० प्रतिशत बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले चितवन प्रेसलाई बताए।
प्रशासनले चालु आर्थिक वर्षमा सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसिय, ग्यावियन वा सो सरहका दक्ष कामदारको दैनिक ज्याला दररेट १ हजार ६५ रुपैयाँ तोकेको छ। त्यस्तै, साधारण भरियाले अबदेखि ७६४ रुपैयाँ लिन पाउने भएका छन्।