चितवन। रत्ननगरको सौराहामा एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको छ । आज (शनिबार) सौराहाको गैंडा चोकमा वागमती प्रदेशका आन्तरीक तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले गैंडाको प्रतिमा अनावरण गरेका हुन् ।
सामुदायिक सिप सेवा केन्द्र मार्फत प्रदेश सरकार र स्थानीय सरकारको रु ७ लाख ६७ हजार ७ सयको लगानिमा आमा र बच्चा सहितको एकसिंगे गैंडाको प्रतिमा अनावरण गरिएको हो ।
प्रतिमा अनावरण गर्दै मन्त्री खनालले विश्वमै नेपालको चिनारीको रुपमा एकसिंगे गैंडा रहेको बताए । उनले यो चिनारीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गरे।