चितवन । चितवनको माडी नगरपालिकाको वडा नम्बर १ को कार्यलयले स्वास्थ्य चौकीमा गई प्रसुती हुँदा ३ हजार रुपैंयासम्म दिने भएको छ । सो रकम पोषण र प्रोत्साहन खर्च स्वरुप प्रदान गर्ने भएको हो ।
वडा कार्यालय, गर्दी स्वास्थ्य चौकी र वडाका महिला स्वास्थ्य स्वयम् सेविकाहरुको संयुक्त बैठकमा सरकारी अनुदानसंगै वडा कार्यालयबाट थप ३ हजार रुपैंया उपलब्ध गराउने निर्णय गरिएको हो ।
वडाभित्र बरुवा बजारमा गर्दी स्वास्थ्य चौकी प्रसुती केन्द्र रहेको छ ।
बैठकमा वडाबासी महिलाहरुले वडाबाहिर जुनसुकै स्वास्थ्य संस्थामा प्रसुती हुँदा पोषण खर्चबापत थप १ हजार प्रदान गर्ने वडाध्यक्ष अमित कुमार लामाले जानकारी दिए।
साथै, वडा भित्रको स्वास्थ्य चौकीमा प्रसुती हुँदा आउँदा कुनै जटिलता देखिई अन्य स्वास्थ्य संस्थामा रेफर गर्नुपरेमा यातायात वा एम्बुलेन्स खर्च समेत वडा कार्यालयले दिने वडाध्यक्ष लामाले बताए । उनले भने, ‘कुनै जटिलता देखिए यातायात वा एम्बुलेन्स खर्च सुत्केरी पश्चात रु ३ हजार रुपैैंयाको पोषण र प्रोत्साहन खर्च समेत वडाले प्रदान गर्नेछ ।’
माडी वडा नम्बर १ बाटमात्रै बार्षिक करीब १५० को संख्यामा प्रसुती हुनेगरेको तथ्यांक रहेको गर्दी स्वास्थ्य चौकीले जानकारी दिएको छ ।