काठमाडौं । नेपालमा थप तीन हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ९१० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार ११४ जनाको नतिजा पोजिटिभ आएको हो । १० हजार ६२५ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३०९ र चार हजार २८५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ६९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।