चितवन । स्थापनाको २२औं बार्षिकोत्सबको अवसरमा विश्वास फार्मेसी बसन्तपुरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
माडीमा दुई दशकदेखि व्यवसायिक स्वास्थ्य सेवा प्रवाह गरिरहेको सो फार्मेसीले गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब र नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाको सहकार्यमा यही साउन ७ गते शनिवार बिहान १० देखि दिउँसो ४ बजेसम्म एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको जनाएको हो ।
शिविरमा भरतपुर अस्पतालका विभागीय प्रमुख बरिष्ठ छाला, यौन तथा कुष्ठरोग विषेशज्ञ डाक्टर उमेश थापाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण हुने फार्मेसीका सञ्चालक गोविन्द नेपालले जानकारी दिए ।स्वदेशएफएमबाट