चितवन । भरतपुर महानगरको मेयरको रुपमा रेनु दाहालको दोस्रो इनिङ हो यो । तर पहिलो कार्यकालमा उनले भरतपुरबासीसँग गरेको बाचा पूरा गरेकी छैनन् । दोस्रो पटक पनि भरतपुर महानगरको मेयरमा निर्वाचित भएकी रेनु दाहालले अघिल्लो कार्यकालमा गरेको बाचा पूरा गर्छिन त ? यो प्रश्न उनी सामु खडा भएको छ ।
गठबन्धनको आडमा मतपत्र च्यातेर पहिलो कार्यकालमा मेयरमा निर्वाचित दाहालले दोस्रो कार्यकालमा गठबन्धनको काँध चढेर १२ हजारभन्दा बढी मतअन्तरले निर्वाचित भएकी हुन् ।
संघ र प्रदेशबाट भएका काम पनि भरतपुर महानगरले नै गरेको हो भनेर प्रचारबाजी गर्दै आएकी मेयर दाहालले अघिल्लो पटकको बाचा पूरा गर्छिन् भन्नेमा ढुक्क हुने अवस्था नरहेको अरु पार्टीका नेताहरूले बताउँदै आएका छन् । संघ र प्रदेशबाट भएका कामको जश लिन पछि नपर्ने मेयर दाहालले आफूले यसअघिको स्थानीय निर्वाचनमा गरेको बाचा भने अहिलेसम्म पूरा गरेकी छैनन् । सडक कालोपत्रे गरेर विकास देखाउने र विभिन्न कार्यक्रममा गएर प्रमुख अतिथि बन्ने बाहेक प्रगति महानगरको मेयर दाहालले गरेकी छैनन् ।
यसअघिको स्थानीय निर्वाचनमा दाहालको प्रतिबद्धतामा भरतपुर महानगरमा घण्टाघर र भ्यू टावर निर्माण गरिने भनिएको थियो । अहिलेसम्म यससम्बन्धी कुनै काम भएको छैन ।
यसअघिको स्थानीय निर्वाचनमा दाहालको प्रतिबद्धतामा भरतपुर महानगरमा घण्टाघर र भ्यू टावर निर्माण गरिने भनिएको थियो । अहिलेसम्म यससम्बन्धी कुनै काम भएको छैन ।
भरतपुरमा चितवनको परिचय झल्किने शैलीमा एक घण्टाघर र भ्यू टावर निर्माण गरिने भनिए पनि अहिले न कतै घण्टाघर देखिन्छ न कतै भ्यू टावर नै छ, तर भ्यु टावर निर्माणको पछिल्लो समय थप आलोचना हुने गरेको छ । अझै भन्दा पाँच वर्ष पहिलो कार्यकाल सकेर दोस्रो पटक पनि मेयर बन्दै गर्दा रेनुले न त भ्यू टावरको जग बसाल्न सकिन् न त यस विषयमा कहिल्यै कुरा नै उठेको सुनिन्छ ।
अबको कार्यकालमा उनले प्रत्येक वडामा अस्पताल, महानगरीय आइटी पार्क, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, एक टोल एक रंग र एक डिजाइन, धेरै चहलपहल हुने मालपोत चोकमा ओभर हेड ब्रीज, स्मार्ट सडक बत्ती र स्मार्ट पार्किङको व्यवस्था गर्ने, स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको व्यवस्थापन गर्न समन्वय गर्ने र फोहोर निर्मलीकरण सम्बन्धि काम गर्ने प्रतिबद्धता गरेकी छन् । अघिल्लो कार्यकालमा बोलेका तर पूरा नगरेका काम र अहिले गरेका प्रतिवद्धता हेर्ने हो भने उनले अबको पाँच वर्षमा सबै बाचा पूरा गर्न हम्मेहम्मे देखिन्छ ।
घण्टाघर र भ्यू टावरमात्र होइन । मेयर दाहालले यसअघिको स्थानीय निर्वाचनमा गरेका प्रतिबद्धता पूरा नगरेको सूची लामै हुन आउँछ । उनी दोस्रो पटक पनि मेयरमा निर्वाचित भइसकेपछि अहिले भने जनताले उनले गरेका अघिल्लो पटकको निर्वाचन र पछिल्लो कार्यकालमा आउनुअघि गरेका प्रतिवद्धताप्रति चासो राख्न थालेका छन् ।
मतदाताको मत तान्न र प्रतिबद्धतापत्रको पाना भर्न लेखिएका यस्ता बाचा महानगरको मेयर दाहालले पूरा नगरेको सूची लामै छ । जतात्यतै भ्यू टावर विकास भएको छ त्यहीँ कारण भरतपुरकी मेयर दाहाल आफूलाई भिन्न देखाउन चाहेको हुन् कि ? तर, प्रतिबद्धतापत्र आकर्षक देखाउन कै निम्ति घण्टाघर र भ्यू टावरलाई चुनावी नारामा समेट्नु कतिको जायज होला ?
घण्टाघर र भ्यू टावरमात्र होइन । मेयर दाहालले यसअघिको स्थानीय निर्वाचनमा गरेका प्रतिबद्धता पूरा नगरेको सूची लामै हुन आउँछ । उनी दोस्रो पटक पनि मेयरमा निर्वाचित भइसकेपछि अहिले भने जनताले उनले गरेका अघिल्लो पटकको निर्वाचन र पछिल्लो कार्यकालमा आउनुअघि गरेका प्रतिवद्धताप्रति चासो राख्न थालेका छन् ।
दाहालले विगतका पाँच वर्षमा गरेका विकास हेर्ने र सुन्ने हो भने भरतपुरका सडकको नाम मात्रै अघि आउँछ । अन्य कामहरु र उनले अघिल्लो कार्यकाल अघि निर्वाचन हुने बेला बोलेका अधुरा कुराको लावालस्कर लागेका छन् । ती योजनाहरु र प्रतिवद्धताहरु नयाँ कार्यकालमा समावेश गरिएको समेत देखिँदैन । कि त मेयर दाहालले नयाँ कार्यकाल सुरु भएसँगै पुरानो कार्यकालमा गरेका प्रतिबद्धता बिर्सिएकी हुन् ? के नयाँ कार्यकालमा पुराना प्रतिबद्धता पूरा नगर्न मेयरसापलाई भरतपुरबासीले छूट दिएकै हुन त ?