चितवन । मालपोत कार्यालय चितवनले आर्थिक वर्ष २०७८-७९ मा एक अर्ब ९६ करोड ४१ लाख ७५ हजार ६७६ रुपैयाँ राजस्व संकलन गरेको छ ।
मालपोत कार्यालयका सूचना अधिकारी रामप्रसाद खनालका अनुसार साउनमा २७ करोड, २० लाख ३८ हजार ९०५, भदौमा १३ करोड ६३ लाख ७ हजार ५६, असोजमा १९ करोड ७६ लाख ३० हजार ३२९, कार्तिक महिनामा १४ करोड ६८ लाख ८२ हजार २३५ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, मंसिर महिनामा १८ करोड ९७ लाख ८ हजार ९४ रुपैयाँ, पुसमा १८ करोड ९३ हजार ७९९ रुपैयाँ, माघमा १४ करोड ३२ लाख ५७ हजार ६०८ रुपैयाँ, फागुनमा १६ करोड २४ लाख ६८ हजार २०० रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी खनालले बताए ।
यस्तै, मालपोत कार्यालय चितवनमा चैतमा १३ करोड ७९ लाख ८९ हजार १६९ रुपैयाँ, वैशाखमा १० करोड ५० लाख १५ हजार ८७४ रुपैयाँ, जेठमा ११ करोड २८ लाख ५ हजार ४६२ रुपैयाँ र असार महिनामा १७ करोड ९९ लाख ५८ हजार ९४५ रुपैयाँ राजस्व संकलन भएको छ ।
मालपोत कार्यालय चितवनले रजिष्टेसन शुल्क, सेवा शुल्क, विलम्ब शुल्क, पुँजीगत लाभकरलगायतका शीर्षकमा राजस्व उठाउने गरेको छ ।