चितवन । सुपक अधिकारीको दोहोरो मादल गीतले चर्चा बटुलेको छ । पोखरा घर भएका हाल अस्ट्रेलियामा बस्दै आएका सुपक अधिकारीले जनजाति (गुरुङ्ग र मगर) समुदाय लाई सम्बोधन गर्दै नृत्यको प्रचार गरिएको झ्याउरे गीत सार्वजनिक गरेका थिए । अधिकारीको शब्द रहेको यो गीतमा खेम सेन्चुरी र मनिला पुनले स्वर दिएका छन् ।
भिडियोमा दुर्गेश थापा, स्मारिका ढकाल र सामरिक ढकालको मुख्य अभिनयलाई दर्शकले रुचाएका छन् । गीतामा याम थापा मगरले संगीत तथा एरेन्ज गरेका छन् । अधिकारीको आफ्नै युट्युभ च्यानल निर्माण प्लसबाट एक हप्ताअघि सार्वजनिक गरेको गीतमा ७ लाख भ्युज नाघेको छ । सामाजिक संजाल टिकटकमा गीत मन पराउनेहरु बढ्दै गएका छन् ।
एक दशकदेखि पढाइ र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय छन् । यसैसाल गड्यो प्यार दिलमा, पैसा हैन माया, आयो आयो लगायतका गितहरु सार्वजनिक गरेका अधिकारीले निरन्तर रुपमा आफ्नो नयाँ सिर्जना आउने क्रममा रहेको बताए ।