अर्थमन्त्री शर्माले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाका प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।
मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको पनि बताए । स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।“औद्योगिक क्षेत्रमा विशेष लगानी नगरी देशलाई आत्मनिर्भर बनाउन सकिँदैन,” उनले भने ।बढ्दो व्यापार घाटा निराकरण गर्ने मुख्य आधार नै औद्योगिकीकरण भएको उनले बताए ।