चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रमा रहेका खरको छानाहरुलाई हटाउने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम अन्तर्गत नगर क्षेत्रमा रहेका खरको छाना विस्थापन गर्ने कामलाई निरन्तरन्ता दिइने बताएको छ ।
त्यस्तै, नगरपालिकाले ‘मेयर आवास कार्यक्रम’ अन्तरगत चेपाङ तथा विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिने बताएको छ ।