चितवन। भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, महानगर तथा वडाका प्रतिनिधिहरुले महानगर भित्र रहेका बालगृहहरुको अनुगमन गरेका छन् । आज (आइतबार) महानगर उपमेयर अधिकारी सहितको टोलीले अनुगमन गरेको हो।
अनुगमन पश्चात महानगरका उपमेयर अधिकारीले मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिएका छन् । भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सञ्चालनमा आएको पाइएको हो । ‘अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सञ्चालनमा आएको पाइएकोले सुधार गर्न भनेको उपमेयर अधिकारीको भनाइ छ ।
भरतपुर २१ मा रहेको एभरेस्ट लर्निङ एकेडमी, २३ स्थित आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेर्न निको होममा अनुगमन गर्ने क्रममा क्रममा खाना, खाना राख्ने भाडो, ओछ्यान, भौतिक संरचना लगाएतमा सुधार गर्ने निर्देशन दिएको उनले उपमेयर अधिकारीले बताए ।
भरतपुर २१ स्थित एभरेस्ट लर्निङ एकेडमीमा हाल १३ जना बालबालिका छन् । उनीहरु चितवन,तनहुँ, रसुवा, बागलुङ र गोर्खा जिल्ला हुन् । यस्तै भरतपुर २३ को आशा अनाथालय नेपालमा एक सय ४८ जना बालबालिका आस्रित छन् । २०५६ सालमा कोरियन नागरिकको सहयोगमा सो बालगृह सञ्चालनमा आएको हो ।