चितवन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सहभागी हुन भरतपुर महानगर प्रमुख रेनु दाहाल प्रज्ञा भवनमा छिन् । आज (आइतबार)बाट तीन दिनसम्म चल्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सहभागी हुन रेनु दाहाल कमलादीस्थित प्रज्ञा भवन पुगेकी हुन् ।
माओवादी केन्द्रले बैठकमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल गर्दैछ । महानगर प्रमुख रेनु दाहाल नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत हुन् ।