चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्षको असार महिनामा दुई हजार बढी राहदानी सिफारीस गरेको छ ।
प्रशासन कार्यालयको मासिक प्रगति प्रतिवेदन अनुसार गत जेठ महिनामा एक हजार ८६७ साधारण राहदानी सिफरीस भएको छ भने सोही अवधिमा एक हजार चार द्रुत सेवा राहदानी (चितवनबाट सिफारीस लिएर काठमाडौंमा बनाउने) राहदानी सिफारीस भएका छन् । त्यस्तै यस अवधिमा एक हजार ५०७ राहदानी वितरण गरिएको छ ।
चितवन प्रशासनबाट चालु आर्थिक वर्षको ११ महिना सम्ममा १७ हजार १०७ राहदानी सिफारीस गरिएको छ । जसमध्ये साधारण राहदानी १४ हजार ३९९ र दु्रत सेवा राहदानी दुई हजार ७०४ राहदानी सिफारीस भएको प्रशासनको तथ्यांकमा देखिएको छ । सोही अवधिमा प्रशासनले १३ हजार ३०६ जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिएका छन् ।
गत आर्थिक वर्ष ०७८÷०७९ को सोही अवधिमा जिल्ला प्रशासन कार्यालय चितवनबाट साधारण राहदानी आठ हजार ४७५ र दु्रत सेवा राहदानी एक हजार १९ गरी नौ हजार ५२८ राहदानी सिफारीस गरिएको थियो । त्यस्तै सोही अवधिमा सात हजार २०६ राहदानी वितरण गरिएको थियो ।
कार्यालयले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा राहदानी शुल्कबाट ७६ लाख ६२ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष ०७८÷०७९ को सोही अवधिमा राहदानी शुल्कबाट चार करोड २३ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा गिरावट आएको छ ।