इटाली। इटालीको एक कम्पनीले एप्पल र एन्ड्रोइड फोन ह्याक गरी इटाली र काजाकस्तानमा जासुसी गरिरहेको गुगलले बताएको छ।
गुगलका अनुसार मिलानमा रहेको आरसीएर ल्याबले लक्षित फोनको व्यक्तिगत म्यासेज र फोन विवरण हेर्नको लागि उक्त टूलको प्रयोग गरिरहेको छ।
पछिल्लो समय अमेरिकी र युरोपेली नियामकहरु ह्याक गरी जासुसी गर्ने किसिमको जोखिमपूर्ण सफ्टवेयरमाथि प्रतिबन्ध लगाउनेबारे नयाँ नियम ल्याइरहेका छन्।
यस विषयमा इटाली तथा काजाकस्तानका अधिकारीले भने कुनै प्रतिक्रिया दिएका छैनन्। आरसीएस ल्याबले आफ्ना उत्पादनहरु सबै युरोपेली नियमसंगत रहेको र यस विषयमा अनुसन्धानको लागि नियामकलाई सघाउने पनि बताएको छ।
गुगलले आफूले एन्ड्रोइड अपरेटिङ प्रणाली बलियो बनाउनका लागि काम गरिरहेको र फोनको ह्याक गरी भइरहेको जासुसीको विषयमा पनि प्रयोगकर्ताहरुलाई जानकारी गराइसकेको बताएको छ।