चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब बढीको बजेट ल्याएको छ ।
आज (शुक्रबार) खैरहनी नगरपालिकामा भएको नगरपालिकाको नगरसभाबाट १ अर्ब १ करोड १२ लाख ५१ हजारको बजेट पारित भएको हो ।
खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकी हुन् ।