चितवन। राष्ट्रिय सभा सदस्य गङ्गाकुमारी बेल्वासेले बलात्कारको घटनामा राखिएको एक वर्षको हदम्याद बालिकाको हकमा हट्नुपर्ने कुरा संसदमा छलफल भइरहेको बताएकी छन् ।
बलात्कारको घटनामा संसदहरुले हदम्याद हटाउने, बलात्कारीलाई फाँसी दिने लगायतका सजायँ दिनुपर्ने माग गरेपनि यस विषयमा ठोस कानुन नबनेको उनले चितवन प्रेसलाई बताइन। उनले भनिन्, ‘यस विषयमा पहिले नै अध्यादेश आएको थियो। अहिले विद्येयक बनेर आएको छ। नयाँ कानुन बनाउने कि संशोधन गरेर जाने भन्नेबारे छलफल भइरहेको छ। ’
बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा(माओवादी केन्द्र) की सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताएकी थिइन् ।