चितवन । जिल्लामा रहेका अधिकांश नीजि विद्यालयले मापदण्ड विपरीत सञ्चालन हुँदै आएका छन् । अहिलेसम्म सरोकारवालाहरुको यसतर्फ ध्यान नजाँदा बालबालिका जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
विद्यालयको लापरबाही बढ्दै गएपछि यातायात व्यवस्था विभागले २०७४ चैत १६ मा स्कुल बस व्यवस्थापनका लागि निर्देशिका जारी गरेको थियो । तर विद्यालयको आँखाले भने अहिलेसम्म निर्देशिका देखेको छैन् । निर्देशिका तयार गरेको चार वर्षसम्म पनि चितवनका विद्यालयले बस सेवामा यो नियम लागु गरेका छैनन् । या त नियम विपरीत रजाइँ गर्न नीजि विद्यालयलाई छुट छ ?
चितवनका अधिकांश जेठ असारको प्रचण्ड गर्मिमा विद्यालयको बसले सिट क्षमताअनुसार विद्यार्थी ओसारपसार गर्नुपर्ने अवस्थामा एक जनाको सिटमा तीन जनासम्म विद्यार्थी राखी यात्रा गराइरहेको जिल्ला ट्राफिक कार्यालय बताउँछ ।
विद्यालयको लापरबाही बढ्दै गएपछि यातायात व्यवस्था विभागले २०७४ चैत १६ मा स्कुल बस व्यवस्थापनका लागि निर्देशिका जारी गरेको थियो । तर विद्यालयको आँखाले भने अहिलेसम्म निर्देशिका देखेको छैन् ।
चार वर्षअघि जारी गरिएको निर्देशिकामा १२ वर्षभन्दा माथि उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न नपाउने, भाडामा लिएको बसमा ‘अन स्कुल ड्युटी’ लेखेर चलाउनु पर्ने, अग्नि नियन्त्रक प्रणाली तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र बोक्नुपर्ने लगायतका मापदण्डहरु छन् । जो चितवनका विद्यालयले पालन गरेका छैनन् ।
अनुगमन गर्नै डराउँछ ट्राफिक प्रहरी
विद्यालयले सञ्चालन गरेका बसले ट्राफिक नियम उल्लंघन गर्दा ट्राफिकले बारबाहीको दायरामा ल्याउन सकेको छैन् । नीजि विद्यालयका सवारीलाई नियम उल्लंघन गरेको अवस्थामा नियमअनुसार कारबाही गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर थापा बताउँछन् । उनी भन्छन्, ‘नियम विपरीत चलेका विद्यालयका बसलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीले दुख दियो भन्दै विद्यालयका विभिन्न निकायमा भ्रम फैलाउने काम भइरहेको छ । माथिल्ला निकायको दबावका कारण नियम विपरीत चलेका स्कुल बसहरुको नियमअनुसार कारबाही गर्न सकिएको छैन् ।’ अधिकांसले क्षमताभन्दा बढी बालबालिका बोक्ने । सवारी अनुमतिपत्र नभएका चालकले सवारी चलाउने र लेनभन्दा बाहिर भएर सवारी चलाउने समस्या रहेको उनको भनाइ छ ।
पटक–पटक चालक र सहचालकलाई नियम उल्लंघन नगर्न आग्रह गरेर छोड्दा उनीहरुको झनै अटेरीपन बढेको छ । यस विषयमा सरोकारवाला गम्भिर हुन जरुरी रहेको उनले बताए ।
मापदण्ड विपरीत सवारी चल्दा पनि प्याब्सन मौन
चितवनमा नीजि विद्यालयले नियम मिचेर बस सञ्चालन नगरेको प्याब्सन चितवनका सल्लाहकार बेलबहादुर गुरुङको दाबी छ । उनले एक दुई वटा विद्यालयले नियम विपरीत काम गरे पनि त्यसलाई ठूलो विषय नरहेको उनले बताए ।
गुरुङले कुनै पनि विद्यालयले मापदण्ड विपरीत सवारी नलाउन आग्रह गरे । विद्यालयको सवारी चालक अनुमतिप्राप्त हुनुपर्ने उनले बताए । प्याब्सन चितवले आगामी दिनमा यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिका पालना गर्दै अघि बढ्ने गुरुङको भनाइ छ ।