चितवन । चितवनको रत्ननगर गणेशचोकमा आज बिहानै सडक दुर्घटना भयो । ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भयो । टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले साइकल यात्री रत्ननगर १० बस्ने वर्ष ३७ का पुरुष उमेश दराईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका दराईको उपचारको लागि भरतपुर अस्पताल ल्याउनेक्रममा मृत्यु भयो । इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी, भण्डारा र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लियो।
बिहान २ घन्टा घटनाको विषयलाई लिएर स्थानीयले सडक अवरुद्ध पारेका थिए । प्रहरीले २ घन्टापछि राजमार्ग सुचारु गरायो । तर, यो घटना त्यतिमा मात्र सीमित भएन । बिहान २ घन्टा सडक अवरुद्ध पारेका स्थानीय र मृतकका आफन्तले उचित क्षतिपूर्ति र सवारी चालकलाई कडा कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारे । दिउँसो १ः३० बजे सडक अवरुद्ध पार्दै स्थानीयले फेरि विरोध गरे । म त्यसबेला संयोगले सोही स्थानमा पुगेको थिएँ । गाडीको लामै लस्कर लागिसकेको थियो । मैले केही पर बसेर त्यहाँको घटनाक्रम नियालेँ ।
स्थानीय र मृतकको आफन्त केही आक्रोशित देखिन्थे । त्यहाँ प्रहरी प्रशासन र स्थानीयबीच केही तनाब सिर्जना हुन्छ भन्ने सबैले अनुमान गर्न थालिसकेका थिए ।
बिहानै २ घन्टा सोही घटनाले सास्ती खेपेका यात्रीहरुले अझै कति समय सास्ती खेप्छन् त्यो यकिन थिएन । आखिर घटना जे भएपनि प्रत्यक्ष मारमा यात्रु परेका थिए ।
घटनाले कस्तो रुप लिन्छ कसैलाई थाहा थिएन । पीडित पक्ष आक्रोशित देखिन्थे । त्यसबेला प्रहरी प्रशासनको सानो गल्तीले ठूलो क्षेति हुनसक्थ्यो । तर, प्रहरी निरीक्षक अधिकारीे प्रशासन र पीडित पक्षसँगको समन्वयमा निकै अब्बल देखिए।
इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दिपेन्द्र अधिकारी त्यहाँ आफनो टोलीसँग थिए । प्रहरीको संख्या निकै न्यून थियो । त्यसबेला गतन्व्यमा पुग्न आतुर सबै यात्रीको आशा र भरोसा बनेका थिए प्रहरी निरीक्षक अधिकारी ।
सामन्यता प्रहरी प्रशासनलाई जनताले भरोसा निकै कम गर्छन् । तर, उनै अधिकारीले न्याय खोज्दै सडकमा आएका मृतकका आफन्त र स्थानीयलाई न्याय मिल्ने अनुभूति गराउनु थियो । त्यो निकै कठिन देखिन्थ्यो ।
प्रशासनले न्याय दिनेमा संकोच मानेर सडकमा आएका पीडितलाई न्याय मिल्छ भन्ने अनुभूती गराउनु पकै पनि प्रशासनलाई फलामको चिउरा चपाउनु जस्तै हो । मैले यस्तो घटना धेरै देखेको भोगेको छु । पीडित पक्ष र प्रहरी प्रशासनबीच यस्तो घटना पछि अक्सर तनाव हुने गर्छ । भौतिक क्षतिदेखि आर्थिक क्षतिसम्म राज्य र सर्वसाधरण दुवैले व्यहोर्नु पर्छ । साथसाथै लामोदुरीका यात्रीले पाउने दुख अनगिन्ती हुन्छन् ।
यस्तो बेलामा त्यहाँ खटिएर आउने प्रशासनका अधिकारीको भूमिका निकै महत्वपूर्ण साथै चुनौतीपूर्ण हुन्छ । त्यस चुनौतीपूर्ण भूमिकामा थिए प्रहरी निरीक्षक दिपेन्द्र अधिकारी ।
घटनाले कस्तो रुप लिन्छ कसैलाई थाहा थिएन । पीडित पक्ष आक्रोशित देखिन्थे । त्यसबेला प्रहरी प्रशासनको सानो गल्तीले ठूलो क्षेति हुनसक्थ्यो । तर, प्रहरी निरीक्षक अधिकारीे प्रशासन र पीडित पक्षसँगको समन्वयमा निकै अब्बल देखिए।
प्रहरी निरीक्षक अधिकारीले तनावग्रस्त स्थितिलाई निकै राम्रोसँग नियाले र समाले पनि । पीडितहरु निकै आक्रोशित थिए, तर पनि प्रहरी निरीक्षक अधिकारीले शान्त भएर पीडितका आफन्तलाई सम्झाए, बुझाए । अधिकारीको सम्झाउने क्षमता अब्बल देखियो । उनले पीडित पक्ष र स्थानीयसँग सहमति गरे । जसका कारण दुर्घटनापछि थप क्षति हुनेजस्तो देखिएको अबवस्था केहीबेरमा शान्त भयो । रत्ननगरमा दुर्घटनाका कारण अवरुद्ध भएको सडक सहमतिपछि सुचारु भयो । निरीक्षक अधिकारीकै अग्रसरतामा पीडित पक्ष र प्रहरी प्रशासनबीच भोलि (आइतबार) ट्रक व्यवसायी समितिसँग बैठक बस्ने मौखिक सहमतिपछि सडक सुचारु भयो।
राजमार्ग सुचारु भएसँगै लामोदुरीका सवारी आफनो गन्तव्यमा गइसकेका छन् । प्रहरी निरीक्षक अधिकारीले निर्वाह गरेको समन्वयकारी भूमिका निकै राम्रो देखियो ।
निरीक्षक अधिकारीसहित सबै उनको टोली सबैलाई धन्यवाद दिनैपर्छ । उनै निरीक्षक अधिकारीको अनुभव र दक्षताले गर्दा आज भौतिक र आर्थिक क्षति हुन नपाएको मलाई अनुभूति भयो ।
यो पनि पढ्नुहोस्
रत्ननगरको गणेशचोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु