चितवन। चितवनका कवि तथा आख्यानकार भूपिन सम्मानित भएका छन् । उनी अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१ बाट सम्मानित भएका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा भूपिनले आफ्नो पछिल्लो पुस्तक ‘मैदारो’ उपन्यासका लागि २ हजार १ सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्राप्त गरेका छन् ।