चितवन। रत्ननगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछी स्थानियले अवरुद्द गरेको पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ। मृतकका आफन्तले ट्रक चालकलाई नियन्त्रणमा लिई मृतकका परिवारलाई क्षतिपूर्तीको माग गर्दै सडक अवरुद्ध गरेको उक्त सडक पीडित पक्ष र प्रहरी प्रशासनबिच भोलि ट्रक व्यवसायी समितिसँग बैठक बस्ने मौखिक सहमतिपछि सुचारु भएको हो।
रत्ननगर ९ गणेशचोकस्थित आज (शनिबार) बिहान टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकको ठक्करबाट रत्ननगर १० बस्ने ३७ वर्षीय मेश दराईको मृत्यु भएको थियो।
ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।
यो पनि पढ्नुहोस्
रत्ननगरको गणेशचोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु