काठमाडौं । नेपालले एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नपाउने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाललाई प्रतियोगिताबाट बाहिर राखेपछि फिलिपिन्समा आयोजना हुने प्रतियोगिता खेल्न नपाउने भएको हो ।
काेराेना संक्रमणकाे जाेखिमका कारण एभीसीले नेपाललाई प्रतियाेगिता बाहिर राखेकाे बताइएकाे छ ।
एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा अब आयोजक फिलिपिन्स, काजकिस्तान, चाइनिज ताइपे, इरान, थाइल्यान्ड, दक्षिण कोरिया, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।
एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।
प्रतियोगिताको लागि नेपालले असार १ गतेबाट तयारी गरिरहेको थियो । बन्द प्रशिक्षणमा १८ खेलाडी रहेका थिए । नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा दाबी प्रस्तुत गर्दै प्रतियोगिता खेल्ने तयारी गरेको थियो ।