चितवन। भरतपुर अस्पतालमा अतिविशिष्टिकृत (सुपरस्पेशलिष्ट) क्लिनिकको आजदेखि औपचारिक शुभारम्भ गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारीले ब्यानर पढेर सुपरस्पेशलिष्ट क्लिनिकको उद्घाटन गरेका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले हाल ११ वटा सुपरस्पेशलिष्ट (अतिविशिष्टिकृत) क्लिनिक शुरु गरिएको बताउँदै केही दिनमा थप हुँदै जाने जानकारी दिए ।
विशेषज्ञ क्लिनिक र जिओपिडीबाट रिफर भएमा बिहान १० बजेदेखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्राडा पौडेलले बताए। यसरी रिफर हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनको भनाइ छ ।