चितवन । माडी नगरपालिका १ स्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन भएको छ। लामो समयदेखि विवादित रहिआएको उक्त विद्यालयको व्यवस्थापन समिति बिघटन भएको हो।
गत चैतमा उक्त विद्यालयका एक शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहारको घटनालाई विद्यालय व्यवस्थापन समितिले आन्तरिक रुपमा मिलाउने प्रयास गरेको थियो। उक्त घटनाका कारण विद्यालय व्यवस्थापन समिति विवादित बन्न पुगेको थियो।
माडी नगरपालिका प्रमुख एवम् नगर शिक्षा समितिको अध्यक्ष समेत रहेकी ताराकाजी महतोले यौन दुर्व्यवहारको मुद्दा अहिले अदालतमा पुगेकाले सोही कारणले नभई लामो समयसम्म व्यवस्थापन समिति परिवर्तन नभएको र अब पुरानोलाई निरन्तरता दिन नसकेको बताइन।
नगरप्रमुख महतोले आउँदो असार १५ गतेभित्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिसक्ने जानकारी दिइन्।