काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २० रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।