काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि लागु हुँदैछ । नेपाल भित्रिएका अवैध मोबाइल डिभाइस नियन्त्रण गर्न यो प्रणाली लागु गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले विदेशमा चोरी भएका, नेपालमा कर नतिरिएका मोबाइल प्रयोग बन्द गर्न यस्तो प्रणाली लागु गर्नुपरेको जनाएको छ ।
यो व्यवस्थापछि मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहित हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले लागु गरेको एमडीएमएस प्रणालीले कुन मोबाइल वैध र कुनै अवैध हो भन्ने कुरा सहजै पत्ता लगाउनेछ ।