चितवन। चितवनको माडी नगरपालिकामा यौनजन्य दुर्ब्यबहार न्यूनीकरण र असर सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
हिजो (मंगलबार) माडी ३ बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय बसन्तपुरमा, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय माडीले सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो।
विद्यालयका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई यौनजन्य दुर्ब्यबहार न्यूनीकरण र असर सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको थियो ।
करिब १५० जना विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा समाजमा हुने यौनजन्य दुर्ब्यबहार न्यूनीकरण र असर सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको ईलाका प्रहरी कार्यालय माडीका सन्तोष कुमार खड्काले जानकारी दिए ।