काठमाडौं । टोखा नगरपालिका ६ धापासी डाँफे कोलोनी नजिक प्रदेश १–०२१ च २९५६ नम्बरको कार र प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियाे।
स्कुटरमा सवार सोही नगरपालिका ६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालका भतिज नाता पर्ने ५ वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा मंगलबार बाटोमै मृत्यु जनाइएकाे छ। दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।