चितवन । विश्व रक्तदाता दिवसमा अवसर पारेर विभिन्न सामाजिक संघसंस्थाले चितवनका रक्तदानका कार्यक्रम तीव्र पारेका छन् ।
विश्व रक्तदाता दिवस १४ जुन अर्थात जेठ ३१ गते मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा चितवनको आयोजनामा प्रादेशिक रक्तसञ्चार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सभापति शम्भु राउत सहित ३३ जनाले रक्तदान गरेका थिए । मानव अधिकार तथा शान्ति समाजले प्रत्येक वर्ष विश्व रक्तदाता दिवसमा रक्तदान गर्दै आएको छ । रक्तदान कार्यक्रमको संयोजकमा पूर्णचन्द्र चापागाईं रहेका थिए ।