काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६७६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ७६८ वटा नमूनाको परीक्षण गर्दा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा ३३ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।