टोकियो। जापानको होक्काइडोस्थित एक निम्न माध्यमिक विद्यालयका उपप्राचार्य पक्राउ परेका छन् । महिलाको शौचालयमा क्यामेरा भेटिएपछि ४७ वर्षीय उपप्राचार्य पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, कियोशी ओनोदेराले जुन ६ मा विद्यालय भवनको पहिलो तल्लामा रहेको शौचालयको सानो बाकसमा क्यामेरा राखेको स्वीकार गरेका छन् । जुन ७ मा एक कर्मचारीले शौचालयको कक्षमा क्यामेरा देखेकी थिइन् ।
विद्यालयले प्रहरीलाई खबर गरेको र कर्मचारीको अनुसन्धानपछि शनिबार ओनोदेरालाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । समुन्द्रपारीबाट