चितवन । बागमती प्रदेशले आगामी असार १ गते बजेट ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याइसकेको बागमती प्रदेश सरकार यतिबेला बजेट बनाउनमा व्यस्त छ ।
बागमती प्रदेशले चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्ने भनेर नीति तथा कार्यक्रममा राखिसकेको छ । औषधि उत्पादन केन्द्र सञ्चालनको लागि पर्याप्त बजेट पर्ने चितवनका वागमती प्रदेशका सांसदहरु बताउँछन् । १३ जिल्लामा कार्यान्वयनमा आएको बागमती प्रदेशको लोकप्रिय कार्यक्रम एक माध्यमिक विद्यालय एक नर्सजस्ता कार्यक्रममा बजेट विनियोजन हुने भएको छ ।
प्रदेशले चेपाङ समुदाय बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षित क्षेत्र बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
त्यस्तै एक स्थानीय तह एक खेल मैदान बनाउने कार्यक्रमलाई पनि बजेटमा समावेश गर्दै छ। बागमती प्रदेशलाई अण्डा, माछा–मासु, आलु, प्याज, लसुन र अनुवामा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन गर्दै छ।