नुवाकोट । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेको खबर यतिबेला मिडियामा भाइरल भइरहेको छ ।
मानसिक सन्तुलन गुमेको एक युवक तारतारमा हिँडेको खबर सनसनीरुपमा फैलिएको छ । ती युवक प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।
प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन्। उनी तारतार हिँडिरहेका छन् । उनी तारमाथि हिँड्दा नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोरिसकेको छ । उनलाई मासुभात दिन्छु भन्दा पनि तल झरेका छैनन् । उनको उद्धारको लागि सेनालाई भनिएको छ ।