काठमाडौं । ओली समूहका युवाहरुले भने माधव कुमार नेपाललाई फाँसी दिन माग गरेका छन । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि उनीहरुले नेपाल समक्ष आक्रोश व्यक्त गरेका हुन् ।युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी समेत गरेका छन् ।
सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो ।
सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।
आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए ।