चितवन । चितवनको माडी नगरपालिकामा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ।
६० बर्षीय माडी ६, रामराज्यपुर निवासी नम बहादुर थापामगरको बिहीबार साँझपख फलामको लामो रड घरमाथि चढाउने क्रममा रडको टुप्पो बिजुलीको लाइनमा छोइन पुगी थापामगरलाई करेन्टलागि मृत्यु भएको हो ।
उच्च भोल्टको करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरलाई उपचारका लागि बघौंडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको माडी प्रहरीले जनाएको छ ।