चितवन । माडी नगरपालिका राजस्व परामर्श समितिको बैठकले आगामी आर्थिक बर्षमा आन्तरिक आम्दानी १४ करोड २० लाख ७० हजार रुपैंया हुने प्रक्षेपण गरेको छ ।
समितिले चालू आर्थिक बर्ष २०७८/७९ को भन्दा करीब १ करोड बढी हुनेगरी आन्तरिक आयको अनुमान प्रक्षेपण गरेको हो ।
बैठकले बहाल बिटौरी कर केहि बढाउने तथा एकीकृत सम्पत्ती कर र अन्य करहरु साविक अनुसारकै कायम गर्ने छलफल गरेको र अर्को बैठकबाट निर्णय गरिने राजस्व प्रशासन शाखाले जनाएको छ ।