चितवन । पछिल्लो समय अस्पतालमा रगतको मागमा वृद्धि भई रगत अभाव भएपछि रक्तदान गरिदिन नेपाल रेडकक्रस सोसाइटी चितवनले आग्रह गरेको छ । आज सोसाइटीले विज्ञप्ती जारी गर्दै जिल्लामा रक्तदान कार्यक्रम कम हुँदै जानु र माग भने उच्च हुनुले अस्पतालमा उपचाररत बिरामीको जीवन जोखिममा परेको हुँदा समय पुगेका व्यक्तिले रक्तदान दिन आग्रह गरेको हो ।
बर्षादको समयमा चितवनमा रक्त अभाव भएकोले इच्छुक संघसंस्था तथा रक्तदाताले रक्तदान गरिदिन आग्रह गरिएको सभापति ज्ञानशाली न्यौपानेद्धारा विज्ञप्तिमा उल्लेख छ ।
रक्तसञ्चार केन्द्र वा रेडक्रससँग समन्वय गरेर रक्तदान गरिदिन विज्ञप्ति मार्फत आग्रह गरिएको हो ।