चितवन । हाकिमचोक–पाण्डे घुम्ती–सीतामाइ जाने सडकको आज शिलान्यास भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले सडकको शिलान्यास गरेकी हुन् ।
७ मिटर चौडा ४ किलोमिटर लम्बाई भएको सो सडक बागमती प्रदेश सरकारको बजेटमा बन्न लागेको हो । ठेक्का प्रकृयाबाट ६ करोड ८५ लाख ४६ हजार ६ सय २८रुपैयाँमा ॐ साई कन्ट्रक्सन प्रालिले सडक निर्माण गर्न लागेको हो । २०८० साल मंसिरमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो ।