चितवन । सामुहिक करणी गरेको आरोपमा राप्तीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुर, हेटौँडा ९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षको पूर्ण घलानलाई प्रहरीले करणीको आरोपमा पक्राउ गरेको हो ।
काठमाडौँ बसी ज्याला मजदुरी गर्दै आएकी महिला गत फागुन १० गते राप्ती पिप्लेस्थित आफन्तको घरमा आउनेक्रममा राति भएपछि आरोपित घलानले भोलि पु-याइदिन्छु भन्दै राप्ती ६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफू बस्ने घर लगी उनीसहित दुई÷तीन जनाको समूहले महिलामाथि पटकपटक करणी गरेको उजुरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
महिलाको स्वास्थ्यमा समस्या आएपछि घलानले स्थानीयको सहयोगमा अस्पतालमा लगेर उपचारसमेत गराएर पुनः आफन्तको घरमा छोडेको भनी खैरहनी प्रहरीमा जेठ २४ गते परेको उजुरीको आधारमा घलानलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । पीडित महिलाको भाउजूले इलाका कार्यालय खैरहनीमा किटानी जाहेरी दिएपश्चात प्रहरीले आरोपित घलानलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।
जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता घलानलाई आज बुधबार अदालतमा पेस गरिएको चितवन प्रहरी प्रवक्ता डिएसी नरहरि अधिकारीले जानकारी दिए।