चितवन । चितवनका अस्पतालबाट मंगलबारसम्मको पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा मकवानपुर र लमजुङका एक÷एक जना, चितवन मेडिकल कलेजमा मकवानपुरका एक जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चितवन र नवलपरासीका एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबारसम्म चितवनका अस्पतालमा २०९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये १८ जना भेन्टिलेटरमा, ७७ जना आइसियूमा ३४ जना एचडियूमा उपचाररत छन् भने ९८ जना जनरल वार्डमा उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।