चितवन । संघीय सरकारबाट चितवनको पाँच नगरपालिकामध्ये सबैभन्दा बढी बजेट रत्ननगर नगरपालिकाले पाएको छ । रत्ननगर नगरपालिकाले ५९ करोड ७२ लाख बजेट पाएको छ । रत्ननगरले सामानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख र विशेष अनुदान पाँच करोड रहेको छ ।
रत्ननगरपछि संघीय सरकारबाट राप्ती नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । राप्ती नगरपालिकाले जम्मा ५५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ । राप्तीले सामानीकरण अनुदान १८ करोड ५३ लाख रुपैयाँ, सशर्त अनुदान २४ करोड २६ लाख र विशेष अनुदान दुई करोड रहेको छ ।
माडी नगरपालिकाले संघीय सरकारबाट अन्तरसरकारी बित्तीय हस्तान्तरणमार्फत् ४९ करोड ६० लाख रुपैयाँ प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदान १३ करोड ९२ लाख, सशर्त अनुदान ३१ करोड ९८ लाख र विशेष अनुदान दुई करोड ५० लाख रुपैयाँ रहेका छन् ।
कालिका नगरपालिकाले ४० करोड ९८ लाख रुपैयाँ बजेट पाएको छ ।
कालिकाले सामानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख र विशेष अनुदान एक करोड रुपैयाँ प्राप्त गरेको छ । खैरहनी नगरपालिकाले संघीय सरकारबाट ४८ करोड आठ लाख रुपैयाँ बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदानमा १८ करोड १८ लाख, सशर्त अनुदानमा २५ करोड १२ लाख रुपैयाँ र विशेष अनुदानमा तीन करोड ५८ लाख पाएको छ ।