चितवन। नेकपा (एकीकृत समाजवादी)बाट जिल्लाका सातै पालिकामा ९ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् ।
आयोगले वैशाख ३० गते एकसाथ सबै चितवनका सबै ७ वटै पालिकामा निर्वाचन गरेको थियो । जिल्ला भरी ५०४ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो ।
आयोगका अनुसार एकीकृत समाजवादीबाट जिल्लाका पालिका प्रमुखमा १ जनप्रतिनिधि निर्वाचित भएका छन्। त्यस्तै उपप्रमुखमा शून्य रहेको समाजवादीको वडाध्यक्षका रुपमा ६ जना प्रतिनिधि रहेका छन् ।
पालिका अन्तर्गत भरतपुर महानगरपालिकामा अन्य पालिकामा भन्दा धेरै ५ जना समाजवादीबाट निर्वाचित जनप्रतिनिधि छन् । त्यस्तै रत्ननगरमा, खैरहनीमा, कालिकामा र इच्छाकमानामा समाजवादी शून्य रहेको छ । राप्तीमा मेयरसहित २ जना र माडीमा २ जना गरी कूल ९ जना जनप्रतिनिधि समाजवादीबाट निर्वाचित भएका छन्।